कम्बोडिया भ्रमण जानुअघि सभामुख घिमिरेले भेटे राष्ट्रपति पौडेललाई

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीचमा भेटवार्ता भएको छ ।

सभामुख घिमिरे कम्बोडिया भ्रमण जानुअघि राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

सभामुख घिमिरेर कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को (२३–२६ नोभेम्बर) मा हुने ११ औँ प्लेनरी सेसनमा भाग लिन जान लागेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us