रवि लक्षित प्रधानमन्त्रीको प्रश्नः सहकारी ठगी गरेर अरुलाई गाली गर्ने ?

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलेवर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने धोषणा गरेका छन ।

आज (शुक्रबार) काठमाण्डुको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् ।

आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’ ओलीले हिन्दी उखान सुनाउँदै भने, ‘उल्टे चोर, कोतवालको डाँटे ।’

उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ प्रधानमन्त्री ओलीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us