लोडसेडिङ अन्त्य केपी ओलीले गर्नुभयो, जस अरुले नै लिएःशंकर पोखरेल

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक-  एमाले महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य एमाले अध्यक्ष केपी ओलीले गरेको दाबी गरेका छन् ।

शुक्रबार एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले काम ओलीले गरे पनि लोडसेडिङ अन्त्यको जस अरूले लिएको बताए ।

‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो । केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ पोखरेलले भने । अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी ओलीले भारतबाट विद्युत आयात गरी लोडसेडिङ अन्त्य गरेको जिकिर पोखरेलले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us