एमाले तेह्रथुमको अध्यक्षमा १० बुँदे पक्षका ढुंगाना विजयी

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– एमाले तेह्रथुमको अध्यक्षमा १० बुँदे पक्षका शिव ढुंगाना विजयी भएका छन । तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै एमालेको १० बुँदे पक्षका ढुंगाना विजयी भएका हुन ।

४ मंसिरबाट सुरु अधिवेशनमा नेतृत्वका लागि बिहीबार भएको मतदानमा ढुंगाना २३६ मतसहित विजयी हुँदा अध्यक्षका उम्मेदवार श्रेष्ठले २०४ मत ल्याएका थिए । १० बुँदे पक्षबाट अध्यक्ष निर्वाचित भएका ढुंगाना पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् ।

एमाले तेह्रथुमको उपाध्यक्षमा सन्तोष तिगेला निर्विरोध निर्वाचित भए । सचिव तारा मादेन विजयी भए । उपसचिवमा यादव खापुङ निर्वाचित भए । उनीहरू १० बुँदे पक्षधर हुन् ।

महिला उपसचिव तारा ढकाल १७५ मतसहित निर्वाचित भइन् । अधिवेशनबाट ८९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । माधवकुमार नेपालले नेकपा एमाले विभाजन गर्दा उनका पक्षका नेताहरू १० बुँदे सहमति गरी एमालेमा बसेका थिए । एमालेमा बसेको नेताहरूको समूहलाई १० बुँदे पक्षधर भनेर सम्बोधन गरिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us