मकवानपुरको चुरियामाईमा बस दुर्घटना, १७ जना घाइते

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस मकवानपुरको चुरियामाई मन्दिर नजिकै पल्टिँदा १७ जना घाइते भएका छन ।

वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा दुर्घनामा परेको मकवानपुर प्रहरीले जनाएको छ ।

बस पल्टिएर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । सामान्य उपचारपछि ८ जनाको डिस्चार्ज भइसकेको र अन्य ९ जनाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us