काठमाण्डुमा एमालेको प्रदर्शन

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– सत्ता घटक दल एमालेले आज शुक्रबार काठमाण्डुको दरबारमार्गमा र्याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ ।

पञ्चेबाजासहित सुरु भएको र्यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका छन् ।

एमालेसहित काठमाण्डुमा एकैपटक तीन ठाउँबाट प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us