काठमाण्डु, ७ मंसिर– एमाले महासचिव शंकर पोखरेलले पार्टीद्वारा राजधानीमा आयोजित शक्ति प्रदर्शनअघि सामाजिक सञ्जालमार्फत ९ वटा प्रशन गरेका छन् ।
पोखरेलले एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओलीको आलोचकतर्फ लक्षित गर्दै ती प्रश्न सोधेका हुन् । उनले एमाले र त्यसको नेतृत्वविरुद्ध षड्यन्त्रमूलक कू–प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
यस्तै बीआरअन्तर्गतका परियोजना अगाडि बढाउनुपर्ने पनि बताएका छन् ।
यस्ता छन् पोखरेलका ९ प्रश्न
१. नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कू–प्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?
२. के नेकपा एमालेले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भू–भाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
३. नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ?
५ . नेपाललाई भू–परिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?
६.के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतबाट थप बन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?
७. के नेपालले भैरहवा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअररुटको माग गर्नु गलत हो ?
८. के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारूपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?