रसुवा, ७ मंसिर– रसुवबाट २ किलो अवैध सुनसहित एकजना पक्राउ परेका छन् ।
कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रसुवा प्रहरी प्रमुख डिएसपी केशव भट्टराईले बिहीबार साँझ लामालाई पक्राउ गरिएको जानकारी दिए ।
बागमती प्रदेश०२–०४३प२४३४ नम्बरको मोटरसाइकलमा सवार लामामाथि चेकजाँच गर्ने क्रममा जुत्ताको सोलमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको भट्राईले बताए ।
प्रहरीले सुनसहित लामालाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।