काठमाण्डु, ७ मंसिर– सरकार नेतृत्वकर्ता एमालेले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनका कारण काठमाण्डुको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
एमालेले दरबारमार्गमा ‘जागरणसभा’ को नाममा गर्न लागेको शक्ति प्रदर्शनका कारण ठाउँठाउँमा ट्राफिक डाइभर्सन गरिएको छ । सोही कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।
ट्राफिक प्रहरीका अनुसार लैनचौर, ठमेल, न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु र कालिमाटीसम्म अत्यधिक सवारी जाम भएको छ ।
एमालेले दिउँसो हुने सभाअघि भद्रकालीबाट जुलुस निकाल्ने तयारी गरेको छ । अराजकता विरुद्ध गर्न लागिएको भनिएको सभालाई प्रधानमन्त्री केपी ओली र एमाले महासचिव शंकर पाखरेलले सम्बोधन गर्ने भएका छन् ।