काठमाण्डु प्लाजामा निःशुल्क पार्किङ सुविधा

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– कमलादीमा रहको काठमाण्डु प्लाजामा निः शुल्क सवारी पार्किङ गर्न पाइने भएको छ ।

काठमाण्डु महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म उक्त स्थान गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो ।

योसँगै कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग र ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने विश्वास महानगरले लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us