काठमाण्डु, ७ मंसिर– सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैछन् ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११औं सम्मेलनमा सहभागी हुन सभामुख घिमिरे कम्बोडिया जान लागेका उनको सचिवालयले जनाएको छ ।
सभामुखको सचिवालयका अनुसार मंसिर ८ देखि १० गतेसम्म कम्बोडियाको नोम पेन्ह सहरमा ‘ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिस’ आयोजनामा हुने सम्मेलनलाई घिमिरेले सम्बोधन गर्नेछन् ।
सम्मेलनमा सहभागी भएर उनी ११ मंसिरमा स्वदेश फर्कने कार्यतालिका छ ।
यसअघि एमाले नेता राजन भट्टराई पनि कम्बोडिया गएका छन् । भट्टराई कम्बोडियामा बिहीबार सुरु ‘इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिकलन पार्टीज’ (आइसिएपिपी) को १२ औँ महाधिवेशनका लागि त्यहाँ पुगेका हुन् ।
उनको भ्रमणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रचारबाजी भइरहेका छन् ।