सरकारले अराजकता अन्त्य गरेरै छाड्छः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १९:१४ मा प्रकाशित

कैलाली, ६ मंसिर–गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमका क्रममा कांग्रेस र एमालेको साझा एजेण्डा प्रस्तुत हुने बताएका छन् ।

कैलालीमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको बताए ।

मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दलबीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको दाबी गरे ।

लोकतन्त्र र संविधानका विरुद्धमा हुने कुनै पनि गतिविधि सैह्य नहुने उल्लेख गर्दै उनले भने, ‘प्रमुख दुई पार्टीबीच आपसमा कुनै समस्या सिर्जना नहोस् भनेर केन्द्रदेखि जिल्ला तहसम्म दुवैतर्फका प्रतिनिधि सम्मिलित संयुक्त संयन्त्र बनाइएको छ ।

अराजकता र अस्थिरताको अन्त्यसहित राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा अघि बढको सरकारलाई अब कसैले रोक्न सक्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us