काठमाण्डु,२ मंसिर– जसपा नेपालले कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ । आज आइतबार सो पार्टीका तर्फबाट हनि महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन ।
पिछडिएको सीमान्तकृत समुदाय र यौनिक तथा लैङ्गिक समुदायलाई ल्याउने उद्देश्यले उनलाई उम्मेदवार बनाइएको जसपा नेपालले जनाएको छ ।