कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १३:०३ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरको मेयरका लागि रा उम्मेदवारी नदिने निर्णय गरेको छ।

यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाण्डुका सभापति प्रदीप विष्टले जानकारी दिएका छन । उनले भने, ‘हाम्रो उम्मेदवारी हुँदैन ।

स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ ।’ तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् । यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us