काठमाण्डु,२ मंसिर– संघिय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक अनिश्चिकालका लागि स्थगित गरीएको स्रोतले जानकारी दिएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्तताका कारण बैठक स्थगित भएको हो । आइतबारका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।
परराष्ट्रमन्त्री राणा काठमाण्डु बाहिर रहेको र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोरले जानकारी दिएका छन । परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी छन् ।