देवेन्द्र पाठकलाई काँग्रेसले बनायो काठमाण्डु–१६ को उम्मेदवार

काठमाण्डु टुडे २०८१ मंसिर २ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, २ मंसिर– नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि काठमाण्डु महानगरपालिका–१६ मा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पाठकलाई वडाअध्यक्ष उम्मेदवार बनाउने निर्णय गरिएको काँग्रेस काठमाण्डु सभापति सबुज बानियाँले जानकारी दिए । पाठक कांग्रेसका सोही वडाका पार्टी सभापति हुन् ।

२०७९ वैशाखमा सम्पन्न निर्वाचनमा सो वडाको अध्यक्षमा काँग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।

रिजालको गत वर्ष निधन भएको थियो । उक्त वडामा एमालेले लक्ष्मीरत्न तुलाधर र एकीकृत समाजवादीले मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले समाजवादी उम्मेदवार मानन्धरलाई समर्थन गरेको छ । स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई वडाअध्यक्षमा उठाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us