मुस्ताङ, १९ कात्तिक- मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फामा साढे ८ लाख नगदसहित १२ जुवाडे पक्राउ परेका छन् ।
स्थानीय फिरोज लालचनको माउन्ट भिल्ला रेष्टुरेन्टबाट ८ लाख ५२ हजार ८०० नगदसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मुस्ताङ प्रहरीका सूचना अधिकारी गणेश सुवेदीले पक्राउ परेकाहरूलाई तिहार बिदा सकिएपछि मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने बताए ।