बांके, १९ कात्तिक- नेपालगञ्जमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
अर्का एक गम्भीर घाइते भएका छन् ।
नेपालगञ्ज—४ बसपार्कबाट बाइपास रोड हुँदै गणेशपुरतर्फ जाँदै गरेको भे६प ८०२ र विपरीत दिशाबाट आउँदै गरेको भे३प ७१७१ नम्बरको मोटरसाइकल आइतरबार ८ बजेतिर आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका- ११ का सरदरलाइनका २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज—४ का १८ वर्षीय रोशन सेख गम्भीर घाइते छन् ।
सेखलाई थप उपचारका लागि भारत लगिएको बाँके प्रहरीले जनाएको छ ।