प्रधानमन्त्री ओलीले लगाए भाईटीका

काठमाण्डु टुडे २०८१ कार्तिक १८ गते १२:३४ मा प्रकाशित

काठमाण्डू, १८ कात्तिक- प्रधानमन्त्री केपी ओलीले भाईटीका लगाएका छन् ।

ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा बहिनीहरुका हातबाट टीका लगाएको उनको सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us