राष्ट्रपति पौडेलले बहिनीहरुका हातबाट लगाए भाईटीका

काठमाण्डु टुडे २०८१ कार्तिक १८ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, १८ कात्तिक- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूका हातबाट भाइटीका लगाएका छन् ।

बहिनीहरु शारदा पण्डित र चन्दा ओझाबाट राष्ट्रपति भवन शीतल निवासमा टीका ग्रहण गरेका हुन् ।

राष्ट्रपतिले शुभसाइतमा विधिपूर्वक टीका लगाएको उनको सचिवालयले जनाएको छ ।

बहिनीहरुबाट टीका लगाएपछि राष्ट्रपतिले पनि उनीहरुलाई टीका लगाइदिएर उपहार र दक्षिणा प्रदान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us