प्रकाशमान सिंह कायरो प्रस्थान

काठमाण्डु टुडे २०८१ कार्तिक १८ गते १०:३६ मा प्रकाशित

काठमाण्डू, १७ कात्तिक- उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।

वर्ल्ड अर्बान फोरमको  कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलका नेतृत्व गर्दै उपप्रधानमन्त्री सिंह आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कार्यक्रममाविश्वका १५० भन्दा बढी देशका शहरी विकाससंग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्नेछन् ।  त्यसक्रममा उनले नेपालले वस्ती विकासका क्रममना भोगेका समस्या र हासिल गरेको उपलब्धी तथा जलवायु परिवर्तनका कारण  भोगिरहेको समस्या र  विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउने उनको सचिवालयले जनाएको छ ।

नोभेम्बर ४ देखि ८ सम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ ।

टोलीमा उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, मन्त्रालयका कर्मचारी सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us