दाङ, १७ कात्तिक- दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
घोराही – १४ नयाँ बसपार्कमा लु. प्र ०२००१प०७४६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री घोराही– १४ लुहासुरका ५५ वर्षीय नन्दबहादुर घर्तीको मृत्यु भएको छ । उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलको ठक्करबाट घाइते अर्की पैदल यात्री लुहारसुरकै ४५ वर्षीया मनकली नेपाली घाइते भएको दाङ प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले बताए ।
यस्तै शनिबार राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट कपुरकोटतर्फ जाँदै गरेको रा ३ प ७१८५ नम्बरको मोटरसाइकल तुलसीपुर–४ रक्षाचौरमा दुर्घटना हुंदा घाइते भएका तुलसीपुर उपमहानगरपालिका – ३ राम्रीका ५० वर्षीय दोर्ण थापाको उपचारका क्रममा मृत्यु भएको छ ।
थापाको नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कर्यालय तुलसीपुरले जनाएको छ ।
मोटरसाइकल चालक तुलसीपुर–३ राम्रीका २० वर्षीय सुशान्त मगरलाई उपचारपछि प्रहरीले हिरासतमा राखेको छ ।