सर्लाहीमा किराना पसलमा आगलागी, लाखौंको क्षति

काठमाण्डु टुडे २०८१ कार्तिक १७ गते १०:५७ मा प्रकाशित

सर्लाही, १७ कात्तिक- सर्लाहीको बरहथवा नगरपालिका–७ स्थित एक किराना पसलमा आगलागी भएको छ ।

स्थानीय किसुन दासको घरमा सन्चालित नरेश साहको किराना पसलमा गए राति आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी डिएसपी गौतम थापाले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको जानकारी दिए ।

प्रहरी, स्थानीय र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आज बिहान मात्र आगलागी नियन्त्रणमा लिइएको उनले बताए ।

आगलागीको कारण खुल्न सकेको छैन। आगलागीको क्षति संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us