काठमाण्डु, १६ कात्तिक– आगमी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचको लागी एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ ।
एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिश भएका हुन ।
आगामी मंसिर १६ गते विभिन्न कारणले रिक्त हुन पुगेका स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचन हुँदै छ ।
त्यसका लागि दलहरुले उम्मेदवार तोक्ने लगायतका तयारी गरिरहेका छन्। एमालेले टुंगो लगाए पनि अन्य दलहरूले भने उम्मेदवारको टुंगो लगाएका छैनन्।