काठमाण्डु, ४ कात्तिक– जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकताले प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा विरोध प्रर्दशन गरीरहेका छन ।
जिल्ला प्रशासन कार्यलय कास्कीले निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ ।