एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ: नेता मिश्र

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १८:४८ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक- नेकपा एकीकृत समाजवादीका नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा एमालेसँग एकीकरण गर्नुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताएका हुन् ।

शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्नेमा जोड दिए ।

उनले तत्कालीन पार्टी एमाले फुट्दा नयाँ पार्टीमा कुनै पनि त्रुटि, कमी कमजोरी र असन्तुष्टिहरु नहोस् भन्ने आफूहरुको अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको बताए । नेता मिश्रले पार्टीको दशौं महाधिवेशनको म्यान्डेटविपरीत मनोनीत केन्द्रीय सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो सदस्य चयन गरेको भन्दै त्यसमा आफूहरुको असन्तुष्टि रहेको बताए ।

उनले पार्टी विधान र महाधिवेशनको म्यान्डेटविपरीत पदाधिकारी र पोलिटव्युरो चयन हुनु त्रुटिपूर्ण काम भएकोले सो कुरा सच्चिनुपर्ने औंल्याए ।

पार्टीभित्र दुई पक्ष हावी भएको भन्दै उनले पार्टी संकटमा रहेको उल्लेख गरे । नेता मिश्रले पार्टीको औचित्य सकिएकाले नयाँ पार्टी बनाउनुपर्छ भन्ने एउटा पक्ष र सुधार गरेर यही पार्टी बनाउनुपर्छ भन्ने अर्को पक्ष पार्टीभित्र रहेको बताए ।

नेता मिश्रको थप भनाइ

जुन कारणले फुटेको हो, त्यो कारणलाई हल गरेर पार्टी एकीकरण गर्नुपर्छ त्यो गर्न सकिएन भने पनि जेजे त्रुटि, कमजोरी भएरपार्टीले राम्रो गर्न सकेन, असन्तुष्टिहरु भए या राजनीतिक रुपले संकट आए, यस्तो काम कमसेकम यो विद्रोह गरेर आएको पार्टीलेनगरोस् यसले आफ्नो नयाँ खालको शैलीबाट, जनपक्षीय शैलीबाट अगाडि बढोस् भन्ने हाम्रो चाहना थियो विद्रोहको औचित्य सिद्धगरोस् त्यो हामीले गर्न सकेनौं दशौं महाधिवेशनले उत्साह दिन्छ भन्ने थियो, दुर्भाग्यवश के भइदियो भने महाधिवेशनबाटै सबै संरचनातयार गर्नुपथ्र्यो, त्यही नै म्यान्डेट थियो

भोलि निर्वाचन आयोगले पनि प्रश्न उठाउँदैछ कि जे गर्ने हो त्यो महाधिवेशनको हलले गर्ने हो हलबाट मनोनीत गर्ने सर्वसम्मतिले जना, त्यसपछि ९३ जनालाई मनोनीत गरियो ती मनोनीत गरिएकाले सबै पदाधिकारी छान्ने, यो चाहिँ विधानमा पनि नभएको कुरा पर्‍यो यो व्यवहारिक पनि थिएन ठूलो त्रुटि भएको हो पछि ३४४ जना भइसकेपछि नयाँ संकट के शुरु भयो, पदाधिकारी चयन पोलिटव्युरो चयन भोटबाट अहिलेसम्म कम्युनिष्ट पार्टीको इतिहासमा भएको छैन केन्द्रीय कमिटी चयन हुन्छ त्यसले अध्यक्ष/महासचिव छान्थ्यो, तर पोलिटव्युरो एउटा मापदण्ड बनाएर मूल्यांकनको आधारमा हुन्थ्यो पोलिटव्युरोको निर्वाचन पनि मनोनीत ३४४जनाले निर्वाचित होइन मनोनीतले माथिबाट जसले कृपा गरेर मनोनीत भएको , त्यो कृपालुले के भन्छ, त्यसलाई फाइदा उठाएर वटा स्लिप बाँड्ने काम भए त्यसले के दुर्घटना गर्‍यो भने पुराना मान्छेहरु पोलिटव्युरोबाट पनि हटे

पुराना, इमानदार कर्मठ मान्छेहरु पोलिटव्युरोमा पनि आएनन् पदाधिकारीमा पनि त्यस्तै दुर्घटना भयो एकचोटिमात्रै केन्द्रीयकमिटीमा आएको मान्छे एकैचोटि उपमहासचिव भए दुई चोटि भएका कोही उपाध्यक्ष भए पुराना मान्छे हेरेको हेरेकै भए यसलेव्यापक असन्तुष्टि ल्याएको यो असन्तुष्टि दुई तहमा एउटा असन्तुष्टि केमा भने अब यो पार्टी एकीकरण हुन्छ अगाडिबढ्छ यसको औचित्य छैन भन्नेतिर लागेर यो फुटाउनुपर्छ, अन्त जानुपर्छ अथवा निष्क्रिय हुनुपर्छ, अब यो काम छैन भन्नेमा पुगेको एउटा समूह यसैलाई करेक्शन गर्नुपर्छ, फेरि महाधिवेशन बोलाउने हो कि, यसलाई विघटन नै गर्ने हो कि नयाँ ढंगले जानुपर्छ कि भन्नेमा अर्को तेस्रो पक्ष जो संस्थापन धार , उसले के भन्दैछ भने जे भयो भयो यसलाई सकेसम्म सहिष्णुता, सुधार गर्दै नयाँ जिम्मेवारीबाँड्दै जानुपर्छ भनेर छिट्टै केन्द्रीय कमिटीको बैठक बोलाउने कुरा भइराखेको अवस्था नेकपा एकीकृत समाजवादी पार्टी संकटमा

कुनै वैचारिक मतभेद नहुँदानहुँदै व्यक्तिको कारणले, व्यक्तिगत इगो, व्यक्तिगत विचार, व्यक्तिगत कुरा, मैले भनेपछि सिद्धान्त भन्नेहिसाबले कम्युनिष्ट पार्टीहरु सबभन्दा बढी फुटेका छन् सुधारको लागि पनि कुरा भइरहेको निराश साथीहरुले अलग पार्टीबनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन जान सक्छन् टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि हामी पर्ख हेरमाछौं सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरुबाहेक हामी एमालेमा जाने सम्भावनानजिक

पार्टी एकीकरणको लागि राजनैतिक दलसम्बन्धी अध्यादेश आए सजिलो हुने पनि नेता मिश्रले बताए । एकीकृत समाजवादी बन्ने बेला ल्याइएको अध्यादेश आवश्यक देख्नेले अहिले राजनैतिक ध्रुवीकरणको लागि ल्याइने अध्यादेश पनि औचित्यपूर्ण हुने नेता मिश्रको तर्क छ ।

राजनैतिक दलसम्बन्धी अध्यादेशले अलमलमा परेका धेरै नेता कार्यकर्तालाई सहज बाटो र निर्णय लिन सजिलो हुने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us