सातदेबाटोमा रोकेर राखिएको बसमा आगलागी

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १८:१५ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ ।

आज शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०४ नम्बरको बसमा आगलागी भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

रोकेर राखिएको बसमा आगलागी भएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

तर, बस भने जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । आगालगीको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us