कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरीः उपमहासचिव शर्मा

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १८:३२ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न आवाश्यक रहेको बताएका छन ।

आज (शनिबार) चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन । उनले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाति गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन ।

उनले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको पनि बताएका छन । उपमहासचिव शर्माले समावेशी र संघीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप समेत लगाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us