कैलालीबाट १२ जुवाडे पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १६:४६ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– प्रहरीले कैलालीबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । कौलालीको धनगढी उपमहानगरपालिका–१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय कमल राज अधिकारी समेत १२ जनालाई गए राति पक्राउ गरीएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवाश्यक अनुसन्धान गरी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us