काठमाण्डु, ३ कात्तिक– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन ।
कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहले जानकारी दिएका छन ।
अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको उनले जानकारी दिएका छन । घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ ।
क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त नभएको प्रहरीले जानकारी दिएको छ ।