रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १५:२० मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– रास्वपाका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस गरेर जानकारी गराइएको छ । सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिएका छन ।

संसदलाई जानकारी गराइएको सूचनामा लेखिएको छ, ‘चितवन– २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रवि लामिछानेलाई कास्की जिल्ला अदालतको मिति २०८१–०७–०२ गतेको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जानकारी गराइएको भन्ने समेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१–०८२ च.नं. ७०२७ मिति २०८१–०७–०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us