रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते ७:०६ मा प्रकाशित

पोखरा, ३ कात्तिक- सहकारी ठगी र संगठित अपराध आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाण्डुमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्राबार बेलुका बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो ।

शनिबार बिहान पौने ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय ल्याइएको थियो हो । 

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको सिआईबीले जनाएको छ ।

लामिछानेलाई पोखरा लैजाने क्रममा रास्वपाका कार्यकर्ताले राजमार्गकाठाउँठाउँमा नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरसमासमेत कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

उनीहरुले पनि लामिछानेको पक्षमा तथा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए ।

गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको बचत गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

संसदीय छानबिन विशेष समितिले भने सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नता पुष्टि नभएको प्रतिवेदनमा औंल्याएको थियो ।

तर, रकम गोरखा मिडियामा आइसकेपछि खर्च गर्नमा भने  लामिछानेको संलग्नता देखिएकाले कानूनअनुसार कारबाही गर्न सिफारिस गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us