डिपी अर्याल रास्वपा कार्यबाहक सभापति

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते २०:१७ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याल (डिपी) ले पाएका छन् ।

सभापति रवि लामिछानेले शुक्रबार साँझ सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ पर्नुअघि आफ्नो अनुपस्थितिमा पार्टीको संयोजन गर्ने जिम्मेवारी अर्याललाई दिएका हुन् ।

यद्यपि सामूहिक निर्णयका आधारमा चल्न उनले निर्देशन दिएको एक नेताले बताए ।

‘सभापतिले औपचारिक रुपमा लेखेर केही दिनुभएको छैन’, ती नेताले भने, ‘तर तत्कालका लागि संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष डिपी अर्याललाई दिनुभएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us