रौतहटमा विभिन्न दलका २ सय बढी नेता–कार्यकर्ता एमाले प्रवेश

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १३:२४ मा प्रकाशित

काठमाण्डु,२ कात्तिक– रौतहट जिल्लामा विभिन्न दल परित्याग गरी २ सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । बडा दसैँ दीपावली पर्वको अवसरमा स्थानीय गढीमाई एमाले नगर कमिटी द्वारा बीनगरा गाउँमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

जनता समाजवादी पार्टीकी महिला नेत्री जिउती देवी यादवको नेतृत्वमा २ सयभन्दा बढी नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमाले पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमाले पार्टीका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले टीका लगाएर स्वागत गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us