दाङमा सर्प महोत्सव हुँदै

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १३:१६ मा प्रकाशित

 

काठमाण्डु,२ कात्तिक– मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले दाङमा सर्प महोत्सव हुँदै छ । महोत्सव यही कात्तिक ८ देखि १० गतेसम्म आयोजना गर्न लागिएको आयोजक कमिटिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिएका छन । महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताए ।

सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने उनले जानकारी दिए ।

महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहनेछ । मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै उनले सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताए । सर्प संरक्षण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us