नक्कली नोटसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १३:०९ मा प्रकाशित

काठमाण्डु,२ कात्तिक– प्रहरीले पर्साबाट नक्कली नोट सहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर–४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई पक्राउ गरीएको पर्सा प्रहरीले जनाएको छ ।

महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us