रवि लामिछानेलाई पक्राउ गरे प्रतिकार गर्ने प्रतिपक्षी दलहरुको चेतावनी

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते ११:४२ मा प्रकाशित

काठमाण्डू, २ कात्तिक- प्रतिपक्षी दलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

सरकारले लामिछानेलाई  पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय भएको बैठकमा सहभागी आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।

यस्तै सरकार प्रतिपक्षी दल फुटाउन उद्धत रहेको निस्कर्ष पनि बैठकको छ । साहले प्रतिपक्षी दलका नेताहरुलाई पक्राउ गर्न खोजेर तर्साउने रणनीतिमा सरकार लागेको निष्कर्ष बैठकले निकालेको बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यस विषयमा कुरा उठाएको उल्लेख गरे ।

बिहीबार बालुवाटारमा बसेको तीन दल बैठकमा समेत सो कुरा उठाएको ब्रिफिङ गर्दै प्रचण्डले सरकारले यस्तै गरिरहे चुप लागेर नबस्ने बताएको साहको भनाइ छ ।

 ‘सरकार राम्रो नियतबाट अघि बढेको छैन भन्ने बैठकको निष्कर्ष छ । प्रचण्डको भनाइ उदृत गर्दै उनले भने, ‘पार्टी फुटाउने र पक्राउ गर्ने तयारी भएको बुझिन्छ । कसैको पार्टी फुटाउने र कसैलाई पक्राउ गर्ने सरकारको तयारी रहेकामा सबैको समान धारणा रहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us