जनकपुर, १ कात्तिक-कांग्रेसका नेता अवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधाम विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै निधिले संघीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखुद रहेको बताए ।
‘सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ,’ उनले भने ।
आफ्नै प्रहरी संगठन नहुँदा विभिन्न समस्या भोग्नुपरेको गुनासो प्रदेशबाट आउने उनले बताए ।
‘जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी संगठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उनले उल्लेख गरे,’ उनले भने ।