कालिकोटमा एक जना मृत फेला

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १८:१५ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– कालिकोटमा एक जना मृत अवस्था फेला परेका छन । कालिकोटको सदरमुकाम मान्ममा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का ३७ वर्षीय राजेन्द्र सिजाली मगर मृत अवस्थामा फेला परेको कालिकोट प्रहरीले जनाएको छ ।

उनी खाँडाचक्र नगरपालिका–१, को नाव गैरास्थित एक घर अगाडिको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भने भइरहेको थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us