दाङमा ८ वर्षीया बालिकामाथि बलात्कार

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– दाङमा ८ वर्षीया बालिकामाथि बलात्कार भएको छ । २४ असोज बेलुकी देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङमा बालिकामाथि बलात्कार भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

पीडित परिवारले यसबारे प्रहरीलाई घटना पछि नै मौखिक जानकारी गराएका थिए । यद्यपि जाहेरी भने बुधबार मात्रै पाएको थियो । बुधबार जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिएका छन ।

बालिकाकी हजुरबुवाले प्रहरी कहाँ जाहेरी दिएका थिए। भालुवाङमा पिङ खेल्न भनेर जाँदा अपरिचित व्यक्तिले बलात्‍कार गरेको जाहेरीमा उल्लेख गरीएको छ । पीडित बालिकाले पुरूषलाई पहिचान गर्न नसकेकाले अनुसन्धानमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाबारे प्राविधिक रूपमा अनुसन्धानमा लागि रहेको उनले बताए। पीडित बालिकाले बेलुका फर्केपछि आफ्नी आमालाई घटनाबारे बताएपछि नजिकैको प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङ मार्फत ती नाबालिकाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपचार र परीक्षण भएको थियो। त्यो परीक्षण रिपोर्ट प्राप्त भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us