मीनबहादुरले एमालेलाई दिइएको जग्गा दानविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– एमालेको मुख्यालय निर्माणका लागि व्यापारी मीनबहादुर गुरुङले जग्गा दान दिनु भ्रष्टाचारजन्य अपराध भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

‘सत्य र न्यायाको खोजी अभियानको तर्फबाट अधिवक्ता ज्ञान बहादुर बस्नेतलगायतले आज बिहीबार सर्वेच्चमा रिट निवेदन पेस गरेका हुन् । व्यापारी गुरुङ दम्पतीले काठमाण्डुको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा एमाले पार्टी कार्यालयको लागि अर्बौँ जमिन दान गरेर असोज २५ गते प्रधानमन्त्री केपी ओलीले भवनको शिलान्यास समेत गरिसकेको कार्यलाई ‘गम्भीर भ्रष्टाचारजन्य अपराध, राज्यसत्ताको भयानक दुरुपयोग र नैतिक र कानुनी अपचलन’ भएको भन्दै जग्गा लेनदेन (दान) कार्यान्वयन नगर्न –नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

तर, सर्वोच्च अदालत प्रशासनले उक्त रिट अध्ययन सकेसँगै दर्ता नगर्ने तयारी गरेको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । उनले रिट निवेदनको प्रक्रिया नपुगेको र सरोकारवाला पनि नदेखिएकाले दरपिठको आदेश गर्ने तयारी भएको बताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us