काठमाण्डु, १ कात्तिक– आज बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । आजको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल भएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार बस्ने क्याबिनेटले सर्च कमिटी टुङ्ग्याउने विषयमा सहमति भएको स्रोतले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी थिए ।