भारतमा एक वरिष्ठ नेताको हत्या

काठमाण्डु टुडे २०८१ असोज २७ गते ७:५६ मा प्रकाशित

अजेन्सी- भारतमा एक नेताको गोली हानी हत्या भएको छ ।

अजित पवार गुट (एनसीपी) नेता बाबा सिद्धिकीको शनिबार राति हत्या भएको हो ।

उनी छोरा जिशान सिद्धिकीको घर जाँदै गर्दा मुम्बईको बान्द्रा इस्टमा अज्ञात बन्दुकधारीले गोली हानेका प्रहरीले जनाएको छ ।  

छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो ।

चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

झण्डै पाँच दशक कांग्रेस आईको राजनीति गरेका सिद्धिकी गत फेब्रुअरीमा मात्र एनसीपी प्रवेश गरेका थिए ।

प्रहरीले सिद्धी हत्याको अनुसन्धान गर्न दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

मुख्यमन्त्री एकनाथ शिन्देले बाबा सिद्धिकीको मृत्यु भएको र घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार  दुई जना भने फरार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us