इरानमाथि आक्रमणपछि अमेरिकाविरुद्ध विश्वभर प्रदर्शन

काठमाण्डु टुडे २०८२ असार ९ गते १४:०७ मा प्रकाशित

एजेन्सी– आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानका तीन आणविक स्थलहरूमा आक्रमणको घोषणा गरेका थियो ।

यी आक्रमणहरूको पुष्टि गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको आरोप समेत लगाएका थिए ।

यसबाहेक, अमेरिकामा डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा समेत गरेका छन । यसैबिच, मुस्लिम र अरब देशहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको आलोचना गरे र यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको दाबी गरेका छन ।

ट्रम्पको यो निर्णयपछि विश्वका केही देशहरूमा अन्तर्राष्ट्रिय स्तरमा अमेरिका र ट्रम्पविरुद्ध विरोध प्रदर्शन समेत सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us