राष्ट्रपतिले ९४ वर्षीय दाईको हातबाट टीका लगाए

काठमाण्डु टुडे २०८१ असोज २६ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, २६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन्।

उनले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट टीका लगाएका हुन् ।

त्यही अवसरमा राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट पनि दसैंको टीका, जमरा र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन् ।

आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

विजयादशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरू तथा ३ः३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us