प्रधानन्यायाधीश राउत मलेसिया प्रस्थान

काठमाण्डु टुडे २०८१ असोज २५ गते ११:०४ मा प्रकाशित

काठमाण्डू, २५ असोज- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मलेसिया प्रस्थान गरेका छन् ।

क्वालालम्पुरमा आयोजना हुने एसिया र प्यासिफिक क्षेत्रका प्रधानन्यायाधीशहरूको १९औँ सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

असोज २५ देखि २८ गतेसम्म आयोजना हुन प्रधानन्यायाधीश राउत नेतृत्वको टोली बिहीबार मलेसिया प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us