रोल्पा, २५ असोज- रोल्पाको होलेरीस्थित एक होटलमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले बिहीबार राति ११ बजेतिर जुवाडे पक्राउ गरेको हो ।
जुवाडेको साथबाट ९१ हजार ६ सय १५ रुपैयाँ जफत गरिएको
इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज प्रहरी निरीक्षक सरोज प्रजापतिले बताए । पक्राउ पर्नेमा सबै स्थानीय व्यापारी छन् ।
उनीहरुमाथि जुवा ऐनअन्तर्गत कारबाही अघि बढाइएको प्रजापतिले जानकारी दिए ।