
एजेन्सी- भारतीय उद्योगपति एवं टाटा मोटर्सका संस्थापक रतन टाटाको निधन भएको छ ।
बुधबार राति मुम्बईस्थित एक अस्पतालमा उनको निधन भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको पुष्टि गरेका छन् ।
टाचाको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति मुर्मुले टाटाको निधनबाट भारतले एक देश निर्माणको आइकन गुमाएको एक्समा लेखेकी छन् ।
प्रधानमन्त्री देशले एक असाधारण भिजिनरी बिजनेस लिडर गुमाएको बताएका छन् ।
टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो ।