इसराइलद्वारा बेलनानको राजधानी बेरुतमा आक्रमण

काठमाण्डु टुडे २०८१ असोज १७ गते ९:१६ मा प्रकाशित

काठमाण्डु, १७ असोज– इसराइलले लेबननको राजधानी बेरूतमा आक्रमण गरेको छ ।

लेबननको राजधानी बेरूतमा हिजबुल्लाहलाई लक्षित गरी इजराइली सेनाले हवाई हमला गरेको हो ।

बेरुतको आकाशमा विस्फोटका ठूला आवाजहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इसराइली डिफेन्स फोर्सले बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको ठाउँमा हवाई आक्रमण गरेको दाबी गरेको छ ।

सो आक्रमणमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरू हिजबुल्लाह लडाकु वा सर्वसाधारण हुन् भन्ने खुलेको छैन ।

मंगलबार इरानले इसराइलमाथि आक्रमण गर्दा इसराइली सेनाका क्याप्टेनसहित ८ जनाको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us