काठमाण्डु, १० असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने दाबी गरेका छन ।
आज बिहिबार माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले सरकारमा जान आफूहरुले हतार नगरेको बताए । तर यो गठबन्धन धेरै नटिक्ने पनि बताएका छन । उनले भने‘तर उनीहरु मिल्दै छैनन् ।
मलाई लाग्छ, केही समयभित्रै त्यो अप्राकृतिक गठबन्धन कुहिएर झर्छ, ‘त्यो बेला के गर्ने भन्ने हामीले सोच्नुपर्ने स्थिति छ ।’